बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रास्वपाको महाधिवेशन आउन १८ दिनमात्रै बाँकी, अझै बनेन जिल्ला निर्वाचन समिति

रास्वपाको महाधिवेशन आउन १८ दिनमात्रै बाँकी, अझै बनेन जिल्ला निर्वाचन समिति

  • 742
    SHARES

  • रास्वपाको महाधिवेशन आउन १८ दिनमात्रै बाँकी, अझै बनेन जिल्ला निर्वाचन समिति

    काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आउन १८ दिनमात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएको छैन ।

    केन्द्रीय निर्वाचन आयोगको जेठ ७ गते बसेको बैठकले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुसार १५ गतेसम्म ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने भनिएको थियो । सोमबार बसेको सचिवालय बैठकले भुवन केसीलाई केन्द्रीय निर्वाचन अयोग प्रमुखमा मनोनयन गर्‍यो । केसीकै अध्यक्षतामा मंगलबार बसेको बैठकले सात प्रदेशमध्ये कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मात्र प्रदेश अधिवेशनको समन्वय, सहजीकरण र प्रदेश निर्वाचन आयोग गठन गर्ने जिम्मेवारीसहित आयोगका सदस्यहरूलाई खटाउने निर्णय गर्‍यो ।

    प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गतेसम्म लगातार राखिएको छ । तर २३ र २४ गते हुने जिल्ला अधिवेशनका लागि अहिलेसम्म निर्वाचन समिति नै गठन नभएको बुझिएको छ । पार्टीको निर्वाचन आयोगका एक जना पूर्वपदाधिकारीले जिल्लामा निर्वाचन समिति नै नबनेको जिकिर गरे ।

    Election_RSP

    बुधवार, जेठ २० २०८३०५:२०:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार