काठमाडौँ, कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमै केही पात्र अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले भने,“मैले तपाईहरूलाई गणतन्त्रका फूल भनेको थिएँ । शान्तिप्रक्रियाको पूर्णता अब मेरो भन्दा पनि तपाईहरूको जिम्मेवारी हो । सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्थे उत्पीडित समुदायका प्रतिनिधि ? पार्टी जुनसुकै होस्,समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक प्रचण्डलाई छ भन्ने म ठान्दछु ।”
उनले शान्तिप्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भने,“शान्तिप्रक्रिया लगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं । काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन ।”
प्रचण्डले बालेन उदयलाई क्रान्तिको जितका रूपमा व्याख्या गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।