बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रविलाई अदालतले दियो वारेस राख्ने अनुमति

रविलाई अदालतले दियो वारेस राख्ने अनुमति

मेगा खबर संवाददाता

३०, चैत्र २०८२
  • 364
    SHARES

  • रविलाई अदालतले दियो वारेस राख्ने अनुमति

    काठमाडौँ, ठगी तथा सङ्गठित अपराध मुद्दाका प्रतिवादी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले वारेस नियुक्त गर्ने अनुमति दिएको छ । 

    सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।लामिछानेले आफू बिरामी भई काबु बाहिरको परिस्थितिले गर्दा तारेखमा उपस्थित हुन नसक्ने अवस्था हुँदा वारेस नियुक्त गर्न अनुमति पाऊँ भनेर निवेदन दिएका थिए ।

    सोमबार लामिछानेको स्वास्थ्यमा समस्या र कार्यव्यस्तताका कारण नियमित रूपमा तारेखमा उपस्थित हुन नसक्ने भन्दै अधिवक्ता रामचन्द्र देवकोटाले बहस गरेका थिए । देवकोटाले अदालतले लामिछानेको स्वास्थ्य अवस्था र मुद्दाको प्रकृतिलाई ध्यानमा राख्दै अवधि नतोकी वारेसको सुविधा प्रदान गरेको जानकारी दिए ।

    सोमवार, चैत्र ३० २०८२०६:२७:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार