बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उपसभामुखबारे सभापति रवि र प्रधानमन्त्री बालेनबिच फरक मत

उपसभामुखबारे सभापति रवि र प्रधानमन्त्री बालेनबिच फरक मत

मेगा खबर संवाददाता

२२, चैत्र २०८२
  • 505
    SHARES

  • उपसभामुखबारे सभापति रवि र प्रधानमन्त्री बालेनबिच फरक मत

    काठमाडौँ, प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहबिच राय बाझिएको छ । 

    आज बिहान मात्र उपसभामुखको विषयमा रवि र बालेनबिच छलफल भएको स्रोतको दाबी छ । सो क्रममा प्रधानमन्त्री बालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई दिनुपर्ने पक्षमा धारणा राखेको स्रोतको भनाइ छ । तर,सभापति रवि राप्रपालाई दिनुपर्ने पक्षमा उभिएका थिए । दुई नेताबिच सहमति नभएपछि आजै बेलुका फेरि छलफलमा बस्न लागिएको बुझिएको छ ।

    ‘उपसभामुख कुन दललाई दिने भन्नेबारे सभापति रवि र प्रधानमन्त्रीबिच बिहान छलफल भएको थियो । तर कुरा मिलेको छैन । प्रधानमन्त्री नयाँ दल भएकाले श्रम संस्कृतिलाई दिनुपर्ने पक्षमा उभिनुभएको छ । सभापति राप्रपालाई दिनुपर्ने पक्षमा उभिनुभएको छ । सभापति र राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाहीबिच एकचरण कुराकानी भएको छ । यसै विषयमा आज बेलुका बस्दै हुनुहुन्छ’, स्रोतले भन्यो ।

     

    आइतवार, चैत्र २२ २०८२०४:०२:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार