काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग आ–आफ्ना क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे छलफल गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर प्रधानमन्त्री शाहले समस्या र समाधानका उपायबारे चासो राखेका हुन् ।
छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशको सामूहिक समस्या र आ–आफ्नो क्षेत्रका समस्या जानकारी गराएको बताए ।
जवाफमा प्रधानमन्त्री शाहले समस्याको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राखेको छलफलपछि न्यौपाने जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।