बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा जोगाउन प्रवक्ता नारायणकाजी श्रेष्ठको अपिल

नेकपा जोगाउन प्रवक्ता नारायणकाजी श्रेष्ठको अपिल

मेगा खबर संवाददाता

१७, कार्तिक २०७७
  • 2.9K
    SHARES

  • नेकपा जोगाउन प्रवक्ता नारायणकाजी श्रेष्ठको अपिल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजनको संघारमा पुगेको बेला एकताको पक्षमा आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् ।

    श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ ।’

    श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । पार्टी फुट कदापि उचित र सही हुन नसक्ने उनको भनाई छ । उनले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने बताएका छन् ।

    व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने बताउँदै उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता ‘महान क्रान्तिकारी उद्देश्य’लाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको स्मरण समेत गरेका छन् । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने उल्लेख गरेका छन् । उनले पार्टीको बैठक बस्न र सबै पक्षहरुका बारेमा खुला छलफल गर्न आह्वान गरेका छन् ।

    सोमवार, कार्तिक १७ २०७७११:१०:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार