काठमाडौँ, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकिएको छ ।
प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भइसके पनि समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छैन । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकको मतगणना सकिएसँगै प्राप्त भएका सबै जिल्लाको निर्वाचन फारम आयोगमा प्रविष्ट गर्ने काम भइरहेको बताए ।
उनका अनुसार फारम प्रविष्ट गर्ने र अन्तिम मत समावेश गरेको नतिजा आयोगको वेबसाइटमा अपडेट गरिनेछ । त्यसपछि समानुपातिक मतका आधारमा राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गरिनेछ । त्यसपछि दलहरूलाई आयोगले पत्र पठाउनेछ ।
प्राप्त मत अनुसार थ्रेसहोल्ड कटाउने र नकटाउने दल छुट्याइन्छ र त्यसपछि सिट बाँडफाँट गरिन्छ’सहायक प्रवक्ता जिसीले भने, ‘आयोग अब यो काममा लाग्छ । सम्भव भएसम्म आजै यो प्रक्रिया टुङ्गिन्छ नत्र समय लाग्न पनि सक्छ । आयोगले आफ्नो वेबसाइटमा अपडेट गरेको पछिल्लो समानुपातिक मत अन्तर्गत एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भइसकेको छ । पुरै अपडेट गर्दा यो अङ्कमा केही घटबढ हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।