बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रातिदेखि निर्वाचन आचारसंहिता लागु, क–कसले पालना गर्नुपर्छ ?

रातिदेखि निर्वाचन आचारसंहिता लागु, क–कसले पालना गर्नुपर्छ ?

  • 607
    SHARES

  • रातिदेखि निर्वाचन आचारसंहिता लागु, क–कसले पालना गर्नुपर्छ ?

    काठमाडौँ,निर्वाचन आयोगले आगामी निर्वाचनहरूलाई स्वच्छ, स्वतन्त्र,निष्पक्ष,पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न ’निर्वाचन आचार संहिता, २०८२’ लागु गरेको छ ।

    आचार संहिता माघ ४ गते राति १२ः०० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यान्वयनमा आउने जनाइएको छ । 

    आचार संहिता लागू हुने व्यक्ति, संस्था, निकाय र अधिकारीहरू  
    (क)    नेपाल सरकार र नेपाल सरकारका मन्त्री, 
    (ख)    प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,   
    (ग)    संवैधानिक निकाय र सो निकायका पदाधिकारी, 
    (घ)    नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
    (ङ)    स्थानीय कार्यपालिका र सोका सदस्य,  
    (च)    सङ्‍घ, प्रदेश र स्थानीय तहका कर्मचारी,
    (छ)    सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
    (ज)    सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
    (झ)    राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्‍गठन,
    (ञ)    उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
    (ट)    राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
    (ठ)    सार्वजनिक पद धारण गरेको व्यक्ति,
    (ड)    अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
    (ढ)    पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
    (ण)    सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, 
    (त)    निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
    (थ)    विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
    (द)    मतदाता,
    (ध)    विकास साझेदार संस्था,
    (न)    सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
    (प)    मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
    (फ)    निजी क्षेत्रका बैङ्‍क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
    (ब)    वस्तु तथा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र 
    (भ)    आयोगले तोकेका अन्य निकाय वा व्यक्ति।

    आइतवार, माघ ५ २०८२०८:४८:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार