काठमाडौँ, नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले उम्मेदवार मनोनयनको लागि बिहान ९.१५ बजेसम्मका समय तोकिएको जानकारी दिए । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने संयोजक केसीले जानकारी दिए ।
पार्टीको पुरानै विधान अनुसार हुन लागेको निर्वाचनमा एक सभापति,दुई उपसभापति,दुई महामन्त्री,आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।