काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका संयोजक ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्ने भएका छन् ।
नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी भारत जान लागेका हुन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार,नेपाल–भारत सम्बन्धको मजबुती,प्रवासी नेपालीका समस्या र अवसरहरूका बारेमा विशेष सम्बोधन गर्नेछन् ।
नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार,भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।