राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगलाई बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने प्रतिबद्धता जनाएका छन् ।
आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले समानुपातिक सूचीमा विभिन्न कारणले त्रुटि भएको भन्दै त्यसलाई सच्याउन रास्वपा तयार रहेको बताए ।
कतिपय समय अभावले पनि भएको छ । कतिपय प्राविधिक कुराहरू छन्, कतिपय केही समस्याहरू छन्,एउटा कुरा के हुन्छ भने नियतमा समस्या हुँदैन,निर्णयहरू कहिलेकाहीँ तलमाथि भएपनि सच्याउन सकिन्छ । साथीहरूले बुझिदिनुहोला,हामीले बोक्नुपर्ने कोही पनि छैनन् । सच्याउनुपर्ने कुरा सच्याइन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।