काठमाडौँ, फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूले आज सोमबार समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन् ।
आयोगले तोके अनुसार समानुपातिक तर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन भएकाले दलहरू त्यसैको गृहकार्यमा लागेका छन् । कांग्रेसले सोमबार दिउँसो १ बजेपछि समानुपातिक सूची बुझाउने जनाएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जिल्लाबाट आएको सूची एकीकृत गरेर १ बजे आयोग पुग्ने तयारी भइरहेको बताए ।
अर्को दल नेकपा एमाले पनि अपराह्न मात्र (४ बजे) आयोग जाने भएको छ । एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले क्लस्टर अनुसार नामहरू मिलाउने काम जारी रहेकाले अपराह्न मात्रै आयोग जाने बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।