फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक- १ बाट प्रत्यक्षमा नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा (सुबोध)को नाम सिफारिस गरिएको छ ।
आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सापकोटाको नाम सिफारिस गरेको हो । गत २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका सापकोटालाई आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट सिफारिस गरिएको हो ।
बैठकले प्रतिनिधिसभा निर्वाचन समानुपातिक तर्फ लालकान्छा तामाङ,अम्बिका नेपा,अनिता तामाङ,अनिल श्रेष्ठ,कुमार घतानेको नाम सिफारिसमा परेको जिल्ला पार्टी कमिटीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।