बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एघारौँ महाधिवेशनका लागि नेकपा एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

एघारौँ महाधिवेशनका लागि नेकपा एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

मेगा खबर संवाददाता

१४, मंसिर २०८२
  • 493
    SHARES

  • एघारौँ महाधिवेशनका लागि नेकपा एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

    काठमाडौँ, एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ ।

    एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

    गौतमका अनुसार सङ्घीय निर्वाचन क्षेत्रबाट खुला,महिला,दलित तथा युवाहरूसहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् । यस्तै प्रवास,जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । मनोनीत एमालेको ११ महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । 

    शनिवार, मंसिर १४ २०८२०९:०४:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार