बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एनपीएलः आज सुदूरपश्चिमसँग लुम्बिनी र जनकपुरसँग पोखरा भिड्दै

एनपीएलः आज सुदूरपश्चिमसँग लुम्बिनी र जनकपुरसँग पोखरा भिड्दै

मेगा खबर संवाददाता

१२, मंसिर २०८२
  • 727
    SHARES

  • एनपीएलः आज सुदूरपश्चिमसँग लुम्बिनी र जनकपुरसँग पोखरा भिड्दै

    काठमाडौँ, राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।

    त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा  छ । यो टोलीले ६ अङ्क बटुलेको छ ।

    बिहिवार, मंसिर १२ २०८२०८:१२:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार