काठमाडौं, एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।
आज निर्वाचन आयोगको कार्यलयमा पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा.भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । आचार्यले भने,एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गराएका छौं । राष्ट्रिय सभाको निर्वाचनका लागि हाम्रो दर्ता नम्बर ९३९ प्राप्त भएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि भने ९७१ नम्बरमा दर्ता भएका छौँ । समग्र दल दर्ता क्रमांक ६६औँ छ ।
आचार्यले एमाले निर्वाचनका लागि पूरा गर्न सधैं तयार रहेकाले दल दर्ता गराइएको जानकारी दिए । प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समयसीमा तोकिएको छ । निर्वाचन आयोगमा एमाले सधैं अध्यावधिक हुने गरेको उनको भनाई छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।