बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जनयुद्धले उठान गरेका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव छैन : प्रचण्ड

जनयुद्धले उठान गरेका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव छैन : प्रचण्ड

मेगा खबर संवाददाता

६, मंसिर २०८२
  • 616
    SHARES

  • जनयुद्धले उठान गरेका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव छैन : प्रचण्ड

    काठमाडौं, नेपाली कम्युनिष्ट पार्टीका संयोजक 'प्रचण्ड'ले जनयुद्धले उठान गरेका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव नहुने बताएका छन् ।

    विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा जारी सन्देशमा उनले जनयुद्धले उठान गरेका सामाजिक न्याय,सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौता पूरा नहुने बताए । जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन,आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन । शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता म यो प्रक्रियामा विभिन्न रूपमा योगदान पुर्‍याउनु हुने सबै व्यक्तित्वलाई सम्मान व्यक्त गर्दछु । सन्देशमा भनिएको छ‘आज नयाँ एकीकरण र ध्रुवीकरणवाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

    उनले न्याय,समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । 

    शुक्रवार, मंसिर ६ २०८२०३:२४:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार