बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

मेगा खबर संवाददाता

३, मंसिर २०८२
  • 625
    SHARES

  • राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

    काठमाडौँ, राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् ।

    यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो । पुरुष १ लाख १५ हजार ०७,महिला १ लाख २७ हजार ६९ र अन्य ९ जना गरी कुल ३ लाख ८ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावली दर्ता गराए । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन् ।

    यो सङ्ख्या भने नयाँ मतदाता नामावली सङ्कलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ । आयोगका अनुसार नामावली दर्ता मङ्सिर ५ गतेसम्म गर्न सकिने छ । 

    मंगलवार, मंसिर ३ २०८२०७:५०:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार