काठमाडौँ, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन् ।
उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए । उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।
उनले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलवारको बैठकमा टुङ्ग्याउने जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।