बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीमा विवाद छैन,भ्रममा नपरौं : प्रचण्ड

पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीमा विवाद छैन,भ्रममा नपरौं : प्रचण्ड

मेगा खबर संवाददाता

२९, कार्तिक २०८२
  • 1.1K
    SHARES

  • पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीमा विवाद छैन,भ्रममा नपरौं : प्रचण्ड

    काठमाडौं, नेपाली कम्युनिष्ट पार्टीका संयोजक ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गरेका छन् ।

    संयोजक दाहालको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध गरेको हो । निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो,कानुन अनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्‍याइएको हो,यो कुनै अलग संरचना होइन,विधानबमोजिम संरचना बनाउन बाँकी छ,'सचिवालयले भनेको छ ।

    शुक्रवार, कार्तिक २९ २०८२१२:३९:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार