बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

७ बुँदे सहमति गरी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए भीम रावल,के-के भयो सहमति ?

७ बुँदे सहमति गरी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए भीम रावल,के-के भयो सहमति ?

मेगा खबर संवाददाता

२७, कार्तिक २०८२
  • 1.0K
    SHARES

  • ७ बुँदे सहमति गरी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए भीम रावल,के-के भयो सहमति ?

    काठमाडौँ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच ७ बुँदे सहमति भएको छ । 

    नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक एक कार्यक्रमबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट रावल नेकपामा समाहित हुनेछन् । 

    यस्ता छन् सात बुँदे सहमति

    (१) नेपाल र नेपाली जनताको सर्वोपरी हित,राष्ट्रिय सार्वभौमिकता,एकता,स्वाधीनता,अखण्डता,स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति,राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।
    (२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।
    (३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने । सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।
    (४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान,नेपालका संयोजक डा.भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।
    (५) पार्टी विधान,राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार
    गर्ने ।
    (६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।
    (७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।

    download

    बुधवार, कार्तिक २७ २०८२०२:२०:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार