काठमाडौं, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ ।
कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ भने कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते प्रकाशन गर्ने तयारी छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन मंसिर १ देखि पुस १५ गते सम्म सञ्चालन गर्ने भनिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।