काठमाडौँ, १ लाख ३६ हजार ६० जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
गत असोज १० गतेदेखि आयोगले कात्तिक ३० सम्म नयाँ मतदातालाई मतदाता सूचीमा नाम दर्ता गर्न सार्वजनिक सूचना जारी गर्दै समय तोकेको छ । असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना मतदाता थपिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
उनका अनुसार बिहीबार एकै दिन ११ हजार एक सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।