बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

७ आधारमा छनोट हुन्छन् एमालेको आगामी मंसिर २७ देखि २९ सम्म हुने महाधिवेशन प्रतिनिधि

७ आधारमा छनोट हुन्छन् एमालेको आगामी मंसिर २७ देखि २९ सम्म हुने महाधिवेशन प्रतिनिधि

मेगा खबर संवाददाता

२०, कार्तिक २०८२
  • 796
    SHARES

  • ७ आधारमा छनोट हुन्छन् एमालेको आगामी मंसिर २७ देखि २९ सम्म हुने महाधिवेशन प्रतिनिधि

    काठमाडौँ, एमालेले आगामी मंसिर २७ देखि २९ सम्म हुने ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सात वटा आधारमा छनोट गर्ने भएको छ ।

    एमाले अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै प्रतिनिधि छनोटका सात आधारहरू मातहतका कमिटीहरूमा पठाएका हुन् । यसअघि बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मंसिर १३ गते देशैभरि एकै पटक प्रतिनिधि छनौट गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । अध्यक्ष ओलीले हस्ताक्षर गरेर जारी गरिएको पछिल्लो अपानिमा महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरण अनिवार्य छ ।

    पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी सदस्यता भूगोलमा लैजान चाहनेहरूले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नु पर्ने पनि अपानिमा जनाइएको छ । पदेन प्रतिनिधि रहेका आयोजकहरूले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन नपाउने एमालेले जनाएको छ ।

    बाँकी सबै पार्टी सदस्यहरूले तोकिएको एउटा मात्र क्लस्टरमा सहभागी भएर प्रतिनिधि छनोट गर्ने पाउने एमालेको अपानिमा उल्लेख गरेको छ ।

    बुधवार, कार्तिक २० २०८२१२:४९:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार