काठमाडौं, लिग - २ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।
नेपाल र यूएई बीचको खेल दुबईस्थित आइसीसी ऐकेडेमीको मैदानमा नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ । नेपाल जारी श्रृङ्खलामा लगातार ३ हार बेहोरेको छ । नेपालले पहिलो खेलमा अमेरिकासँग १०६ रन, दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेट र तेस्रो खेलमा पनि अमेरिकासँग नेपाल ४ विकेटले पराजित भएको हो ।
लिग २ को अंक तालिकामा हाल अमेरिका शीर्ष स्थानमा छ । २४ खेलबाट ३६ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा हो । यो श्रृङ्खलामा पनि अमेरिकाले क्लिन स्वीप गर्यो । नेपालले १९ खेलमा १२ अङ्क जोडेर सातौं स्थानमा छ । समान खेल खेलेको यूएई ८ अङ्कसहित पुछारमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।