बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

मेगा खबर संवाददाता

२०, कार्तिक २०८२
  • 625
    SHARES

  • पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    काठमाडौ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली  छ । आज दिउँसो लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात तथा बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा हल्का वर्षा छ ।

    आज राति बागमती,गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपात तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात महाशाखाले जनाएको छ ।

    बुधवार, कार्तिक २० २०८२०७:४३:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार