बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गगन थापाको प्रस्ताव : पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने

गगन थापाको प्रस्ताव : पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने

मेगा खबर संवाददाता

१९, कार्तिक २०८२
  • 613
    SHARES

  • गगन थापाको प्रस्ताव : पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने

    काठमाडौं, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ ।

    महामन्त्री गगन थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरे । कार्यसमिति बैठकमा बोल्दै थापाले अधिवेशनलाई मङ्सिरमा गर्ने प्रारम्भिक तयारी भए पनि आन्तरिक कारण र समयसापेक्ष आवश्यकताका कारण पुसमा सार्ने सहमति बन्ने सम्भावना हुने भन्दै पुसमा सारेको जानकारी दिएका छन् । 

    थापाले भने,पार्टी एक हुने पूर्ण विश्वासका साथ पार्टीलाई साझा निर्णयमा पुर्‍याउँछौँ । सबै मिलेर पुसमा अधिवेशन गर्ने तयारी गर्नुपर्छ । थापाले पुस ५ र ६ गतेदेखि वडा,पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका मौखिक रूपमा पेस गरेका छन् ।

     

    मंगलवार, कार्तिक १९ २०८२०४:१०:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार