काठमाडौँ, माओवादी केन्द्रका संयोजक प्रचण्डले नेता जनार्दनलाई भोलिसम्म पार्टीमा फर्किन आग्रह गरेका छन् ।
महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई आज प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्दै उनले फर्किन आग्रह गरे । उनले नयाँ अभियानमा सबै वर्ग,जाति र लिंगलाई समेटेर नयाँ संरचना बनाएर अगाडि बढ्ने बताए । शान्ति प्रक्रियाको बाँकी कामको जिम्मा लिएर आफूहरू अगाडि बढ्ने उनको प्रतिवद्धता थियो । 'एकताका नाममा आम जनतालाई भ्रमित पार्न र घृणा फैलाउने काम भएको छ ।
समर्थक र कार्यकर्तालाई दुरुपयोग गरिएको छ । त्यसमा हाम्रो पनि केही गल्ती कमजोरी छन् । त्यसमा हामी क्षमा चाहन्छौं । त्यसलाई सच्याउँदै नयाँ अभियानमार्फत त्यस संकल्पलाई पूरा गर्न चाहन्छौं । नयाँ पुस्तालाई पारदर्शीताको सवाललाई अगाडि बढाउन चाहन्छौं । भ्रष्टाचारलाई मुक्त गर्ने अभियानमा हामी सरिक हुन्छौं । यदि हामी भेटिए त्यसको भागिदार बन्न पनि तयार छौं । अब सामान्य सुधारबाट सम्भव छैन,उनले भने ।
उनले आफूहरू गालीगलौजको संस्कारबाट अलग रहने बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।