बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मङ्सिर २७ गते काठमाडौंमा इतिहासकै ठुलो जनसभा गर्ने एमाले महासचिवको दाबी

मङ्सिर २७ गते काठमाडौंमा इतिहासकै ठुलो जनसभा गर्ने एमाले महासचिवको दाबी

मेगा खबर संवाददाता

१८, कार्तिक २०८२
  • 673
    SHARES

  • मङ्सिर २७ गते काठमाडौंमा इतिहासकै ठुलो जनसभा गर्ने एमाले महासचिवको दाबी

    काठमाडौं, एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् ।

    पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी गरे । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरे । प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको उनले जानकारी दिएका छन् ।

    यसअघि बसेको सचिपवालय बैठकले देशभरका विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो । एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला,२५ गते पालिकामा जन र्‍याली,२९ गते जिल्लामा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली तथा सभाको आयोजना गर्ने जानकारी गराएका छन् ।

    सोमवार, कार्तिक १८ २०८२०३:१६:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार