काठमाडौँ, माओवादी केन्द्रका संयोजक ‘प्रचण्ड’ले ३७ वर्षमा ६ पटक पार्टीको नाम परिवर्तन गरेका छन् ।
आइतबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा एकीकृत समाजवादी,नेपाल समाजवादी सहित ८ दलबिच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भयो । कात्तिक १९ गते एकता घोषणा गर्ने तयारीमा रहेको नयाँ दलको नाम जुरिसकेको छैन । चुनाव चिह्न भने सुवासराज काफ्लेको नाममा निर्वाचन आयोगमा दर्ता भएको जनसमाजवादी पार्टीको पाँचकुने तारा रहने सहमति भएको छ ।
पार्टीको नाम सम्बन्धमा छलफलकै क्रममा रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पार्टीको नाम के राख्ने भन्ने सम्बन्धमा विभिन्न नाम छलफलमा छन् । नेकपा समाजवादी,नेपाली कम्युनिस्ट पार्टी लगायत नाममा छलफल भइरहेको छ । कम्युनिस्ट शब्द नहट्नेगरी सजिलो नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न जान्छौँ’,उनले भने ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।