बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

मेगा खबर संवाददाता

१७, कार्तिक २०८२
  • 997
    SHARES

  • मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

    काठमाडौं, निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आधिकारिकता प्रदान गरेको छ ।

    आज आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश विकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए ।

    युवाहरूलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ छ ।

    आइतवार, कार्तिक १७ २०८२०५:०९:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार