बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालले अमेरिकालाई २७२ रनको दियो चुनौती

नेपालले अमेरिकालाई २७२ रनको दियो चुनौती

मेगा खबर संवाददाता

१६, कार्तिक २०८२
  • 880
    SHARES

  • नेपालले अमेरिकालाई २७२ रनको दियो चुनौती

    काठमाडौँ,आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले अमेरिकालाई २७२ रनको चुनौती दिएको छ ।

    उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले २७१ रन बनाएको हो । नेपालले एक बल बाँकी हुँदा सबै विकेट गुमाए । दुबई एकेडेमीमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालका लागि उपकप्तान सिंहले तीन छक्का र दुई चौकाको मद्दतमा ६७ बलको सामना गर्दै सर्वाधिक ७५ रन बनाए ।

    नेपालका लागि करण केसी अर्धशतक बनाउन एक रनले चुके । उनले ३१ बलको सामना गर्दा तीन छक्का र दुई चौकको मद्दतमा ४९ रन बनाए । ओपनर कुशल भुर्तेल ४७,भीम सार्की ४३,कप्तान रोहित पौडेलले ३६ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सक्नेन । 

    शनिवार, कार्तिक १६ २०८२०४:१८:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार