मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

जितेको सबै रकम दान दिने

जितेको सबै रकम दान दिने

मेगा खबर संवाददाता

१०, कार्तिक २०८२
  • 1.6K
    SHARES

  • जितेको सबै रकम दान दिने

    मेरो भ्वाइस युनिभर्स सिजन २ का उपबिजेता बनेका टपराज तामांगले जितेको सम्पूर्ण रकम दान गर्ने भएका छन् । 

    भर्खरै सम्पन्न उक्त रियालिटि सोमा उनले २५ लाख  नगद, २० लाख बराबरको जीवन बीमा र तीन हवाई टिकट जितेका थिए । २५ प्रतिशत कर कटाएर १८ लाख ७५ हजार पर्न आउने रकम हात पारिसकेका छन् । त्यसमा आफ्नो रकम थपेर जन्मजात अपाङ्ग भएकालाई प्राथमिकतामा राख्दै दान दिने बताएका छन् । 

    सन् २०१० मा हङकङ आइडल जितेका उनले लामो बिश्रामपछि रियालिटि सोमा भाग लिएका थिए । हङकङ जनजाति महासंघका पूर्व अध्यक्ष रहि सकेका तामांग बिभिन्न संघसंस्थामा आवद्ध छन् । ३८ वर्षे तामांग हङकङमा जन्मेर दमक झापामा हुर्केका हुन् । सन् २००४ बाट भने उनी हङकङ बस्दै आएका छन् ।

    आइतवार, कार्तिक १० २०८२०७:१८:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार