काठमाडौँ, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् ।
शनिबार राति अबेर सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले बताए ।
स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको उनको भनाइ छ । नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।