नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत संगठित भएका युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतका रूपमा लिँदै विगतदेखि माओवादीले उठाउँदै आएका मागहरूसँग मेल खाने बताए ।
बिहीबार चितवनको भरतपुरमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनेरेसन जेड आन्दोलन,सरकारको लापरबाही,राजनीतिक दलहरूको भूमिका,आगामी निर्वाचन,वामपन्थी एकता लगायतका विषयमा धारणा राखेका हुन् ।
‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो’प्रचण्डको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।