बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न नपाउने

रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न नपाउने

मेगा खबर संवाददाता

१३, कार्तिक २०७७
  • 1.7K
    SHARES

  • रोनाल्डोले बार्सिलोनाविरुद्ध खेल्न नपाउने

    एजेन्सी । विश्वभरका फुटबलप्रेमीले सुपरस्टार द्वय बार्सिलोनाका लिओनल मेस्सी र युभेन्ट्सका क्रिस्यिानो रोनाल्डोबीच मैदानमा हुने प्रतिस्पर्धाका लागि अझै धैर्य गर्नुपर्ने भएको छ ।

    कोरोना परिक्षणको अर्को नतिजा पनि पोजेटिभ आएपछि रोनाल्डो बार्सिलोनाविरुद्ध बुधबार हुने च्याम्पियन्स लिगको खेलमा उपलब्ध हुने छैनन् । बार्सिलोनाविरुद्ध हुने खेलको एक दिन अघि दिउँसो भएको पत्रकार सम्मेलनमा युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले रोनाल्डाको कोरोना परिक्षणको नतिजाको प्रतिक्षा भइरहेको बताएका थिए ।

    परिक्षणको नजिता पुनः पोजेटिभ आएको बुधबार थाहा भएको छ । पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारीमा रहँदा रोनाल्डोलाई अक्टुबर १३ मा पहिलो पटक कोरोना पोजेटिभ पाइएको थियो । त्यसपछि उनी भ्रमण छाडेर सेल्फ आइसोलेसमा बसेका थिए ।

    सेल्फ आइसोलेसनका दौरान रोनाल्डोले सामाजिक सन्जालमार्फत पौडी पोखरी, जिममा अभ्यास गरिरहेको तस्बिर सावर्जनिक गरेका थिए । उनको अनुपस्थितिमा युभेन्ट्सले सिरि एमा पनि संघर्ष गरिरहेको छ । च्याम्पियन्स लिग समुह चरणको पहिलो खेलमा भने रोनाल्डो विनानै टोलीले जित निकालेको थियो ।

    बिहिवार, कार्तिक १३ २०७७०५:१२:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार