बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाहीको मागसहित सर्वोच्च अदालतमा १४ रिट

जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाहीको मागसहित सर्वोच्च अदालतमा १४ रिट

मेगा खबर संवाददाता

२८, आश्विन २०८२
  • 754
    SHARES

  • जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाहीको मागसहित सर्वोच्च अदालतमा १४ रिट

    काठमाडौ, भदौ २३ मा जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी अनुसन्धानमा ल्याएर कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा १४ वटा रिट पेस भएका छन् । 

    सर्वोच्चमा आएका १४ वटा रिटमध्ये १० वटा संसद् विघटन,अन्तरिम सरकार गठन असंवैधानिक भएको भन्दै रिट पेस भएका छन् । चारवटा रिट भने मौलिक हकसँग सम्बन्धित रहेको र रिट दर्ताबारे छलफल भइरहेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए । युवराज पौडेलले पेस गरेको रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरका साथै जेनजी आन्दोलन दमनमा चार जना प्रत्यक्ष संलग्न रहेको भनी उनीहरूमाथि कारबाहीको माग पनि रिटमा राखिएको छ ।

    तत्कालीन प्रधानमन्त्री ओली,गृहमन्त्री रमेश लेखक,प्रहरी प्रमुख (महानिरीक्षक) र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फौजदारी अनुसन्धानमा अनुसन्धान गर्न आदेशको माग रिटमा गरिएको हो । उक्त कार्य गर्न अवरोध सिर्जना गर्ने गरी नेपाल सरकार वा कुनै मन्त्रालयबाट निर्णय भएको रहेछ भने खुलाउन लगाई सो निर्णय बदर गर्न माग गरिएको छ ।

    मंगलवार, आश्विन २८ २०८२०४:३६:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार