काठमाडौँ, चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । बोर्डले हाल प्रदर्शनरत तीन फिल्म बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको कारोबार विवरण सार्वजनिक गरेको हो ।
असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरण अनुसार सर्वाधिक कमाइ बलिदानले गरेको छ । उक्त फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ । हरिबहादुरको जुत्ताले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ भने माइतीघरले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ सङ्कलन गरेको बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।