काठमाडौं, आईसीसी टीट्वेन्टी विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ ।
सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ ।
आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ । समूह ‘बी’मा नेपालले कुवेतसँग बुधबार र जापानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । छनोटमा नौ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।