बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मनसुनी वायु कमजोर बन्यो,देशभर स्थानीय वायुको प्रभाव,आज कुनकुन ठाउँमा हुनेछ भारी वर्षा ?

मनसुनी वायु कमजोर बन्यो,देशभर स्थानीय वायुको प्रभाव,आज कुनकुन ठाउँमा हुनेछ भारी वर्षा ?

मेगा खबर संवाददाता

९, आश्विन २०८२
  • 682
    SHARES

  • मनसुनी वायु कमजोर बन्यो,देशभर स्थानीय वायुको प्रभाव,आज कुनकुन ठाउँमा हुनेछ भारी वर्षा ?

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको केही तथा कोशी,मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी,बागमती,गण्डकी प्रदेशका पहाडी भूभागका केही,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मध्यम वर्षा छ ।

    बिहिवार, आश्विन ९ २०८२०७:०१:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार