बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न खुल्यो बाटो

निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न खुल्यो बाटो

मेगा खबर संवाददाता

८, आश्विन २०८२
  • 1.3K
    SHARES

  • निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न खुल्यो बाटो

    काठमाडौ,  निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न बाटो खुलेको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन,२०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको हो । यसअघिको कानुन अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । मतदाता नामावली ऐन,२०७३ को दफा ४ को उपदफा २ बमोजिम चुनावको मिति घोषणा भइसकेपछि सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था उल्लेख थियो । यसअघि आयोगले २०७९ को निर्वाचन अघि मतदाता नामावली संकलन गरेको थियो । 

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।

    बुधवार, आश्विन ८ २०८२०४:३८:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार