बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रधानमन्त्री कार्कीसगँ मेयर बालेन्द्र शाहको बालुवाटारमा भेट

प्रधानमन्त्री कार्कीसगँ मेयर बालेन्द्र शाहको बालुवाटारमा भेट

मेगा खबर संवाददाता

८, आश्विन २०८२
  • 571
    SHARES

  • प्रधानमन्त्री कार्कीसगँ मेयर बालेन्द्र शाहको बालुवाटारमा भेट

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । आन्दोलनले उठाएको विषयमा छलफल भएको हो । कामको विषयमा भन्दा पनि अनौपचारिक जस्तो भेटघाट हो । विशेषगरी आन्दोलनको माग र मुद्दामा केन्द्रित थियो,बालेन स्रोतले भन्यो ।  

    जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् । 

    बुधवार, आश्विन ८ २०८२१२:१९:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार