बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा

जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा

मेगा खबर संवाददाता

३१, भाद्र २०८२
  • 1.1K
    SHARES

  • जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा

    काठमाडौँ,  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको मूल नेतृत्व(प्रचण्ड)ले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

    के छन् १६ बुँदामा ? 

    १,जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति,संस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ ।

    २,यसले दलतन्त्र,नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढङ्गले अगाडि बढाउने बाटो खोलेको छ ।

    ३,वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।

    ४,पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ ।

    ५,२०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र जेनजी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ ।

    ६,पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।

    ७, नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ ।

    ८, कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।

    ९, वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ ।

    १०, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रूपमा उठाउनुपर्छ ।

    ११, पार्टी भित्रका दलित महिलाका समस्याहरू समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ ।

    १२, सांस्कृतिक विचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ ।

    १३। शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरूको संरक्षण सम्बन्धी नीति तय गर्नुपर्छ ।

    १४, श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ ।

    १५, राष्ट्रियता गम्भीर सङ्कटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।

    १६, उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको सङ्गठन बनाउनुपर्छ ।

    मंगलवार, भाद्र ३१ २०८२०४:४४:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार