बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पार्टी काममा फर्किए अध्यक्ष प्रचण्ड

पार्टी काममा फर्किए अध्यक्ष प्रचण्ड

मेगा खबर संवाददाता

३१, भाद्र २०८२
  • 634
    SHARES

  • पार्टी काममा फर्किए अध्यक्ष प्रचण्ड

    काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री 'प्रचण्ड' पार्टी काममा फर्किएका छन् । 

    भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो ।

    त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए । तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो ।

    माओवादी केन्द्रका एक उच्च नेताका अनुसार स्थिति सामान्य बन्न थालेसँगै उनी मंगलबारदेखि पार्टी काममा फर्किएका हुन् । 

    मंगलवार, भाद्र ३१ २०८२१२:३१:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार