नेटफ्लिक्सको मिनी–सिरिज एडोलेसन्सबाट चर्चित १५ वर्षीय ओवेन कूपरले इतिहास रचेका छन् ।
उनी एमी अवार्ड जित्ने सबैभन्दा कान्छो अभिनेता बनेका छन् । कूपरले ड्रामा सिरिज ‘एडोलेसन्स’बाट मुख्य अभिनेताको लागि एमी अवार्ड प्राप्त गरेका छन् । यति सानो उमेरमा कुनै कलाकारले यो अवार्ड पाएको यो नै पहिलो पटक हो ।
‘जतिबेला मैले नाटकका कक्षाहरू सुरु गरेको थिएँ, त्यतिबेला मैले अमेरिकासम्म आउला भनेर आशा गरेको थिइनँ, यहाँ (एमी)सम्म आइपुग्ने कुरा त बिल्कुल सोचेको थिइनँ,’ एमी अवार्ड प्राप्त गरेपछि कूपरले भनेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।