बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईपीएल :  पन्जाबद्धारा कोलकाता ८ विकेटले पराजित

आईपीएल :  पन्जाबद्धारा कोलकाता ८ विकेटले पराजित

मेगा खबर संवाददाता

११, कार्तिक २०७७
  • 8.4K
    SHARES

  • आईपीएल :  पन्जाबद्धारा कोलकाता ८ विकेटले पराजित

    एजेन्सी । आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ ।

    कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाएर हासिल गरेको थियो । पन्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गरे ।


    मन्दीप सिंहले नटआउट ६६ र क्रिस गेलले ५१ रन बनाए । पाँच छक्का र दुई चौका प्रहार गरेका गेल म्यान अफ द म्याच भए ।

    दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा यो पन्जाबको छैठौं जित र कोलकाताको छैटौं हार हो । जितसँगै पन्जाब १२ अंकसहित अंक तालिकाको चौथो नम्बरमा पुगेको छ ।

    यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले निर्धारत २० ओभरमा नौ विकेट गुमाएर १४९ रन बनाएको थियो । शुभमन गिलले अर्धशतक बनाए । कोलकाताको लागि गिलको अलावा कप्तान इयान मोर्गन र लकी फर्ग्युसनले मात्र राम्रो खेल्न सके । अरुले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

    मंगलवार, कार्तिक ११ २०७७०७:५४:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार