काठमाडौं, गत मंगलबारको आगजनीले बालुवाटारस्थित प्रधानमन्त्री निवास पनि जोगिन सकेन । प्रदर्शनकारीले प्रधानमन्त्री निवासभित्र प्रवेश गरेर सवारीसाधनमा आगजनी र भवनहरू तोडफोड गरे ।
सुरक्षा स्रोतका अनुसार, बालुवाटार सडकबाट प्रधानमन्त्री निवास छिर्ने ३ नम्बर मूल गेट,त्यहाँभित्रका सवारीसाधन र भवनहरूमा क्षति पुगेको छ । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राति शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै आएकी छन् । उनले टोखास्थित निजी निवासमा बस्ने इच्छा भए पनि सामान्य रूपमा बनाइएको घरमा सुरक्षाकर्मी र सचिवालयका अरू कर्मचारीहरू अट्नै नसक्ने अवस्था भएपछि उनी तत्काल बालुवाटारमा सरेकी हुन् ।
आज बिहान सिंहदरबारमा खडा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण नगरुञ्जेल प्रधानमन्त्री कार्कीले शनिबार दिनभर बालुवाटारस्थिति सरकारी निवासबाट नै सरकारी अधिकारी एवं सरोकारवालाहरूसँग भेटघाट र परामर्श गरेकी थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।