बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रपतिले सुशीला कार्कीलाई आज बिहान प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

राष्ट्रपतिले सुशीला कार्कीलाई आज बिहान प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

मेगा खबर संवाददाता

२७, भाद्र २०८२
  • 745
    SHARES

  • राष्ट्रपतिले सुशीला कार्कीलाई आज बिहान प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

    राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

    कार्कीको शपथ ग्रहण पनि आज बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन् । उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरे । उच्च राजनीतिक स्रोतका अनुसार बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त रूपमा निवर्तमान प्रधानमन्त्री ओलीसँग पनि छलफल गरेका थिए ।

    उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराए । ओलीले 'यो संवैधानिक बाटोबाटै गर्न लागिएको हो नि,अरूसँग परामर्श गर्नुभयो' भनेर सोधेका थिए । राष्ट्रपति पौडेलले 'संविधानकै बाटो खोज्ने हो र सबैसँग कुरा पनि भइसक्यो' भने,त्यसपछि ‌ओलीले 'त्यसो भए ठीकै छ' भनेको स्रोतले जनाएको छ ।

    शुक्रवार, भाद्र २७ २०८२०८:२६:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार