मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

गंगा सोनामले जितिन् नेपाल आइडल-६ को उपाधि

गंगा सोनामले जितिन् नेपाल आइडल-६ को उपाधि

मेगा खबर संवाददाता

१६, भाद्र २०८२
  • 1.4K
    SHARES

  • गंगा सोनामले जितिन् नेपाल आइडल-६ को उपाधि

    काठमाडौँ, गायन रियालिटी शो नेपाल आइडल छैटौँ सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम भएकी छन् ।

    आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितिन् । गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०,बडहरे की २० वर्षीया युवती हुन् । उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी सन्तान हुन् । गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी छन् ।

    बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्ने गंगा विद्यालयका साङ्गीतिक कार्यक्रममा सक्रिय थिइन् । उनका दाइ दीपेन्द्र सोनम पनि लामो समयदेखि सङ्गीत क्षेत्रमा आबद्ध छन् । 

    सोमवार, भाद्र १६ २०८२०६:२७:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार