प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन प्रस्थान गर्दैछन् । सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली बिहान ७ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ । पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ उपराष्ट्रपति हान चङ्गसँग भेट गर्ने कार्यक्रम छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।